Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

२४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी, लो भोल्टेजमा सुरक्षित तरिकाले चार्ज गर्न सकिने

२४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी, लो भोल्टेजमा सुरक्षित तरिकाले चार्ज गर्न सकिने

आर्थिक पत्र
सोमवार, माघ १६ २०७९
  • काठमाडौँ । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ ।

    कटिङ एज चार्जिङ सोलुसन युक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्छ । ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ । यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदै छ जुन मोबाइल उद्योगमैै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो ।

    यो सँगै रियलमीले आफ्नो डेयर टु लिप मान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिङलाई एउटा अर्को उचाइमा पु¥याएको छ । यो भन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो । त्यस्तै २०२२ मा पनि आफ्नो लोकप्रिय मोडल रियलमी जिटि नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलो पल्ट १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार