Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

बैंकिङ कसूर मुद्दाका फरार रहेका पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार रहेका पक्राउ

आर्थिक पत्र
शुक्रवार, माघ २० २०७९
  • काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ भुवन बहादुर माझी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार