Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्ताे छ तरकारी तथा फलफूलको मुल्य

यस्ताे छ तरकारी तथा फलफूलको मुल्य

आर्थिक पत्र
मंगलवार, माघ २४ २०७९
  • काठमाडौ। मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ तथा अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसा नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम छ ।

    मंगलबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्य च्याउ  १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, जिराको साग र रायो सागको ४० रुपैया, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।

    यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा ३०० रुपैयाँ केजी र रहु माछा ३६० रुपैयाँ केजी कायम छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार