Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थाहा पाउनुस आजको हरियो तरकारी र फलफूलको मुल्य

थाहा पाउनुस आजको हरियो तरकारी र फलफूलको मुल्य

आर्थिक पत्र
बुधवार, माघ २५ २०७९
  • काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार,  किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    यस्तै, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम रहेको 
    समितिले जनाएको छ ।

    बुधबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, जिराको साग र रायो सागको ४० रुपैया, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

    यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ रहेको छ ।

    यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा रहेकाे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार