Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हुलाकी सडक निर्माणलाई गति दिन निर्देशन

हुलाकी सडक निर्माणलाई गति दिन निर्देशन

आर्थिक पत्र
बुधवार, चैत्र १ २०७९
  • विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

    निर्माण कम्पनीका प्रतिनिधिलाई मंगलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नु परेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् ।

    विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफलसमेत गरे ।

    स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न मेयर कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

    २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो । तर, भूमि कन्ट्रक्सन निर्माण कार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर दीपेन्द्र चौधरीले जानकारी दिए ।

    छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इन्जिनियर अर्जुन थापा, निर्माण कम्पनीका इन्जिनियर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौलाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार