काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म्म १३ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । नगरपालिकाले फागुन मसान्तसम्म १३ करोड १० लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
फागुन मसान्तसम्म नगरपालिकाले वडा नंम्बर १ बाट ३६ लाख १७ हजार, वडा नम्बर २ बाट सबैभन्दा कम १७ लाख ६७ हजार रुपैयाँ र वडा नम्बर ३ बाट २३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै चालु आवको आठ महिनामा वडा नम्बर ४, ५,६ र ७ बाट क्रमशः ५० लाख १३ हजार रुपैयाँ, ७९ लाख ५६ हजार रुपैयाँ, १ करोड ४८ लाख १८ हजार रुपैयाँ र एक करोड ५४ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी नगरपालिकाले वडा नम्बर ८ र ९ बाट क्रमशः एक करोड २ लाख ६४ हजार रुपैयाँ र २ करोड ४० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै कागेश्वरी मनहराको १० नम्बर वडाबाट सबैभन्दा बढी ४ करोड ५६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।


