Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

आर्थिक पत्र
मंगलवार, चैत्र २१ २०७९
  • काठमाडौं । तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विकसमेत नाैजनालाई  प्रहरीले पक्राउ गरेको छ । 

    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार