Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

आर्थिक पत्र
शुक्रवार, बैशाख १ २०८०
  • काठमाडौं । आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । 

    images

    नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । 

    नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन्  । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।

    मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार