Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल

वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल

आर्थिक पत्र
बुधवार, बैशाख ६ २०८०
  • काठमाडौं। राष्टवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ । 

    images

    वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए । 

    उनका अनुसार सरकारलाई आफ्नो माग पूरा गर्न १० वैशाखसम्मको समयसीमा दिएको भए पनि हालसम्म सम्बोधन गर्न कुनै तयारी नगरेकाले आमहड्तालको तयारीलाई तिव्रता दिइएको हो । 

    वर्तमान वित्तिय नीति परिवर्तन गरी कर्जाको ब्याजदर प्रतिशत कायम गर्नुपर्ने, कालोसूच र लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा÷व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्र, उद्योगि व्यवसायी क्षेत्रमा सरकारद्धारा आर्थिक तथा व्यवसायीक रुपमा गरिएका सम्पूर्ण ज्यादतीहरुको अन्त्य गर्नुपर्ने, किसान, श्रमिक, युवा, विद्यार्थी, सुकुम्वासी, स्थानीय जनसमुदायका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, जनतामाथि आर्थिक बोझ बनेको प्रदेश सरकार खारेज गनुपर्ने, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क रोजगारको ग्यारेण्टीसहित महङ्गी र भ्रष्ट्राचारको अन्त्य गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिन लागेको अध्यक्ष थापाले जानकारी दिए । 

    लामो समयदेखि उत्पन्न राज्यको वित्तीय आतंक र राष्ट्रका हरेक पक्षमा नियोजित रुपमा गराइएको आर्थिक संकटको निकासका लागि आम नागरिक, उद्योगी, व्यवसायी तथा सम्वन्धित् सबै पक्षको आग्रहमा आन्दोलनमा उत्रिन लागेको राष्ट्रवादी केन्द्रका मिडिया प्रमुख तथा सचिवालय सदस्य भुवन संगमले बताए । 

    उनका अनुसार राष्ट्रवादी केन्द्रसहित राष्ट्रवादी यातायात व्यवसायी महासंघ र राष्ट्रवादी उद्योगी व्यावसायी महासंघको संयुक्त आयोजनामा वित्तीय आतंकविरुद्ध सडकमा उत्रिन लागेको हो । 

    आफ्नो आन्दोलनप्रति सार्वजनिक यातायात व्यवसायी महासंघका तर्फबाट प्रमुख संरक्षक होमप्रसाद अधिकारी, ट्रक व्यवसायी महासंघका तर्फबाट महासचिव राजेन्द्र विक्रम पाण्डेलगायतले ऐक्यबद्धता जनाएको उनको भनाइ । 

    नागरिकलाई शोषण गरेर नेता पाल्ने व्यवस्थाको अन्त्यबिना आर्थिक संकटको समाधान नहुने भन्दै उनले यसका विरुद्ध पनि जनता सडकमा उत्रिने चेतावनी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार