Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

घरमा जुवातास खेलिरहेको आठ जना पक्राउ

घरमा जुवातास खेलिरहेको आठ जना पक्राउ

आर्थिक पत्र
आइतवार, बैशाख १७ २०८०
  • चितवन । घरमा जुवातास खेलिरहेको आठ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १० रेडक्रस चोक बस्ने राम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार