Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भारतबाट इन्धनको मूल्य घटेर आयाे

भारतबाट इन्धनको मूल्य घटेर आयाे

आर्थिक पत्र
मंगलवार, बैशाख १९ २०८०
  • काठमाडौं। भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ । 

    उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ । 

    हरेक १५/१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।  भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार