Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

कञ्चनपुरमा अवैध कुखुरा नष्ट

कञ्चनपुरमा अवैध कुखुरा नष्ट

आर्थिक पत्र
शुक्रवार, बैशाख २२ २०८०
  • कञ्चनपुर - कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएका कुखुरा नष्ट गरिएको छ ।

    images

    बेलौरीबाट प्रहरीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो । बिहीबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडा नम्बर ६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो ।

    बेवारिसे अवस्थामा झण्डै एक सय ३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ । बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार