Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

एक करोड ४६ लाखबढी लागतमा ‘इन्द्र सभा’ को पुनः निर्माण सम्पन्न

एक करोड ४६ लाखबढी लागतमा ‘इन्द्र सभा’ को पुनः निर्माण सम्पन्न

आर्थिक पत्र
बिहिवार, बैशाख २८ २०८०
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्र सभाको पुननिर्माण सम्पन्न गरेको छ । महानगरपालिका वडा नं. १९ मा पर्ने यो सभा स्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वको ठाउँ हो । सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यका अनुसार पुननिर्माणका लागि १ करोड ४६ लाख ५९ हजार ४ सय ५३ रुपैंया ४३ पैसा खर्च भएको छ । 

    images

    दुई रोपनी ३ पैसा जग्गामा इन्द्र सभा सभा परिसर पुननिर्माणका कार्य भएको हो । सहायक निर्देशक बज्राचार्यका अनुसार ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ ।  पुननिर्माणका लागि २०७८ कार्तिक ११ गते १ बर्ष अवधि दिएर कार्यादेश दिइएको थियो । तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर २०८० बैशाख १० गतेसम्म पु¥याइएको थियो । थपिएको अवधिमा काम सकिएको हो । 

    पुननिर्माणका क्रममा २ वटा ठूला प्रवेश द्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण भएका छन् । यस्तै भुइँमा इटा, ढुङ्गा  विछ्याउने, आकाशे पानी संकलन र पुनभरण प्रणाली जडान लगायत काम भएका छन् । पुननिर्माण भएको भएको फल्चामध्ये एउटा १३ मिटर लम्बाई र ३ मिटर चौडाई भएको एल आकारको अर्को ४ मिटर लम्वाई र ३ मिटर चौडाई भएको सानो छ । 

    पुननिर्माणपछि यस क्षेत्रको अवस्थामा देखिने परिवर्तन आएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठ बताउँछन्। पुननिर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिन थियो । अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको छ । वडाध्यक्ष श्रेष्ठको भनाइ छ । 

    पुननिर्माणले परिवर्तनलाई महसुस गराएको अनुभव सुनाउँदै वडा सदस्य चन्द्रमान डंगोल २०७४ सालदेखि प्रक्रियाका लागि आफूहरुले प्रयत्न गरेको बताउँछन् । यस क्षेत्रमा नेवाः समुदायका विभिन्न थरका कुल देवता अर्थात दिगु द्यः छन् । ती दिगु द्यः कुनै पूर्व, कुनै पश्चिम, कुनै उत्तर र कुनै दक्षिण दिशातिर फर्किएका छन् । महर्जन, मानन्धर, तुलाधर र शाक्य समुदायका मानिसहरु यहाँ कुल देवताको पूजा गर्न आउने गर्छन् । 

    वडा १९ का सदस्य चन्द्रमान डंगोलका अनुसार प्रत्येक बर्ष दशैंको नवरथ जाने समयमा नवःमीको दिन यहाँ ठूलो मेला लाग्छ । मेलामा सहभागी हुने श्रद्धालुहरु कंकेश्वरी पीठको दर्शन गरेर तलेजु भवानीको दर्शन गर्न जाने चलन छ । त्यसै शिवरात्रीका दिनमा होम गर्ने, श्रीपञ्चमीका दिनमा सरस्वती (ससुद्यः) को पूजा गर्ने चलन छ । 

    पुननिर्माण भएपछि स्थानीयमा खुशी देखिएको छ । यो खुशीको दिगोपनाका लागि संरचनाको उपयोग र संरक्षणमा स्थानीय अपनत्व ग्रहण हुन, नियमित सरसफाइ हुन आवश्यक छ ।  खुल्ला क्षेत्रमा पाटी भएकोले यहाँ असामाजिक क्रियाकलाप हुन सक्ने जोखिम पनि छ । यो जोखिमबाट बचाउन वडा कार्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार