Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२३ सम्पन्न

आर्थिक पत्र
बिहिवार, बैशाख २८ २०८०
  • काठमाडौं । एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२३ को सफलतापूर्वक आयोजना गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

    images

    एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु-याउँदै आएको छ ।

    यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक ट्रेन्डहरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

    बैशाख २७ गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।

    कार्यक्रमको मुख्य आकर्षणको रुपमा  एसियन पेन्ट्स ग्लोबलका ब्रांड प्रबंधक मारिशा रेगो डिसूजाले यस वर्षका लागि चार ट्रेन्डहरू घोषणा गरे ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार