Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

नक्कली मह नष्ट

नक्कली मह नष्ट

आर्थिक पत्र
सोमवार, जेठ ८ २०८०
  • रुकुम (पूर्व)मा २२२ किलो नक्कली मह नष्ट गरिएको छ। भूमे गाउँपालिका-२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको हो।

    images

    शनिबार भूमे-२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा आठ पहेलो जरकिनमा र १६  सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ। 

    उक्त नक्कली महलाई सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अन्जना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार यस्तो नक्कली मह बनाई बिक्री तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखि गर्यो, यसमा कोको संलग्न छन् भनी अनुसन्धान भइरहेको छ। 

    प्रहरीले यस अगाडि पनि ८० किलो भिर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको थियो। यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार