Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

आर्थिक पत्र
बुधवार, जेठ १७ २०८०
  •  मुस्ताङ । घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images

    सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार