Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

आर्थिक पत्र
मंगलवार, जेठ ३० २०८०
  • काठमाडौं।  काठमाडौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ,  १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार