Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

आइएमईबाट चोरी गर्ने दुई जना पक्राउ

आइएमईबाट चोरी गर्ने दुई जना पक्राउ

आर्थिक पत्र
बुधवार, आषाढ ६ २०८०
  • जनकपुरधाम - आइएमईभित्र चोरी गर्ने चोरीका सामानसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका-९ रुदौली बस्ने २० वर्षीय जीवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन् ।

    images

    गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसल भित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए ।

    इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलाश गर्दै जाँदा मंगलबार बिहान १० बजेको समयमा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

    उनीहरूले सोही ठाउँस्थित पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा ती सामानहरू बरामद गरेका थिए ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार