Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनालाई रोजगारीको अवसर

राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनालाई रोजगारीको अवसर

आर्थिक पत्र
शुक्रवार, आषाढ ८ २०८०
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

    बैंकले सहायक चौथो तह देखि वरिष्ट प्रबन्धकसम्मका पदहरुमा कुल ४६५ जना कर्मचारी माग गरेको छ । जसमा खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागिएको छ।

    सो पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारले असार ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार