Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

घरमा जुवातास खेलिरहेको १० जना पक्राउ

घरमा जुवातास खेलिरहेको १० जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, आषाढ १५ २०८०
  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    images

    बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रूपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार