Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

आर्थिक पत्र
शुक्रवार, आषाढ १५ २०८०
  • काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएका थिए ।

    विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार खड्कालाई १ वर्ष ३ महिना कैद सजाय र ९ करोड १९ लाख ६ हजार ६३४ रुपैंया ६४ पैसा जरिवाना र सोही बराबर बिगो तोकिएको छ । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।

    प्रवक्ता योगीले भने, ‘अख्तियारले खड्काको घर, जग्गा, बैंकमौज्दात र शेयर जफत गर्न मागदाबी लिएको थियो । त्यो सबै जफत गर्ने आदेश भएको छ । खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का र अंकिता लामाको नाममा ३ कित्ता घरजग्गा रहेकोमा ती समेत विगोको हदसम्म जफत गर्ने आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार