काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
आइओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आइओसीले १५ दिनअघिको तुलनामा शनिबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

