Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ

इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ

आर्थिक पत्र
आइतवार, आषाढ १७ २०८०
  • काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

    उनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इमाडोलबाटै पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिकएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार