Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

भूमिकास्थानकाे बजेट : पदाधिकारी सुविधाका लागि डेढ कराेड विनियाेजन

भूमिकास्थानकाे बजेट : पदाधिकारी सुविधाका लागि डेढ कराेड विनियाेजन

आर्थिक पत्र
मंगलवार, श्रावण ९ २०८०
  • अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पदाधिकारि सुविधाका लागि करिब डेढ करोड बजेट विनियोजन गरेको छ ।

    images

    पदाधिकारीको सुविधाका लागि पत्रपत्रिका इन्टरनेट शीर्षकमा १७ लाख ४० हजार विनियोन गरेको छ । यसैगरी पदाधिकारीका लागि टेलिफोन, मोबाइल रिचार्जका लागि १७ लाख ६४ हजार,  यातायातका लागि ३८ लाख २८ हजार विनियोजन गरेको नगरपालिकाले खानेपानी तथा सरसफाइका लागि २१ लाख ६० हजार, इन्धन सुविधाका लागि ३ लाख ६० हजार विनियोजन गरेको छ । 

    यसैगरी, नगरपालिकाले इन्धन (कार्यालय प्रयोजन) शीर्षकमा २० लाख विनियोजन गर्दा इन्धन (अन्य प्रयोजन) शीर्षकमा ३ लाख छुट्याएको छ ।

    पदाधिकारी अतिथि सत्कार शीर्षकमा ८ लाख ७६ हजार विनियोजन गरिएकोमा पदाधिकारि मर्मत सम्भार र विद्युत्/ऊर्जाका लागि २१ लाख ६० हजार विनियोजन गरेको छ ।

    पदाधिकारी चाडपर्व खर्चमा ५ लाख २ हजार छुट्याएको नगरपालिकाले पदाधिकारी वैठकभत्ता शीर्षकमा १३ लाख विनियोजन गरेको छ ।

    पदाधिकारी शीर्षकमा मात्रै करोडौ रकम विनियोजन गरेको नगरपालिकाले तलब शीर्षकमा ३ लाख १० हजार समेत विनियनेजन गरेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार