Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

आर्थिक पत्र
बुधवार, श्रावण १० २०८०
  • कपिलवस्तु । कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार