Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका स्मार्ट विद्यार्थीलाई छात्रवृत्ति दिने

रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका स्मार्ट विद्यार्थीलाई छात्रवृत्ति दिने

आर्थिक पत्र
बुधवार, श्रावण १० २०८०
  • काठमाडौं । सिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम ल्याइएको हो ।   

    मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसइईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरूलाई लक्षित गरी उक्त एसइई परीक्षामा ३.६ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ । 

    छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार रुपैयाँ, दोस्रो हुनेलाई तीन हजार पाँच सय रुपैयाँ, तेस्रो हुनेलाई दुई हजार पाँच सय रुपैयाँ रहेको छ । साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा एक हजार पाँच सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार