Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङको टिभी खरिद गर्दा ३ वर्षको वारेन्टी

सामसङको टिभी खरिद गर्दा ३ वर्षको वारेन्टी

आर्थिक पत्र
बुधवार, श्रावण १७ २०८०
  • सामसङ नेपालले सामसङ टिभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ।

    यो वारेन्टी यस वर्षको अन्त्य अघि सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागू हुने बताइएको छ।

    सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले यस अफरमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टिका साथै गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गरिएको बताए।

    तीन वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्ता–मुक्त बनाएको र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने विश्वास कम्पनीले गरेको उनले बताए।

    यो अफर क्युएलइडी, दी फ्रेम, युएचदी, एफएचडी टिभी लगायत ३२ इन्चदेखि ८५ इन्चसम्मका सामसङ टिभीको रेन्जहरूमा लागू हुनेछ।

    यो वारेन्टी अफर १ अगस्टदेखि ३१ डिसेम्बर २०२३ सम्म लागू हुने कम्पनीको भनाइ छ।

    यो वारेन्टी अफरमार्फत ग्राहकले बजारमा उपलब्ध गुणस्तरीय सामसङ टिभी सेटमा गुणस्तरीय स्क्रिन टाइमको मजा लिन सक्ने सामसङको विश्वास छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार