Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, श्रावण १९ २०८०
  • लमजुङ । मर्स्याङदी गाउँपालिका-९ डेरा गरी बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार