Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो

आर्थिक पत्र
बुधवार, भाद्र ६ २०८०
  • धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

    images

    यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो ।

    गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे मा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको उनको भनाइ छ । दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार