Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

आजदेखि तातोपानी नाका सर्वसाधारणका लागि खुला, स्थानीयले एक वर्षको पास पाउने

आजदेखि तातोपानी नाका सर्वसाधारणका लागि खुला, स्थानीयले एक वर्षको पास पाउने

आर्थिक पत्र
शुक्रवार, भाद्र १५ २०८०
  • काठमाडौं । चीनसँगको उत्तरी सीमानामा रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो ।

    images

    गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

    विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

    यसअघि मानिस आवतजावत भने खुल्न सकेको थिएन तर आजदेखि स्थानीयको आवागमन खुल्ला गरिएको छ । सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार