Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

आर्थिक पत्र
आइतवार, भाद्र २४ २०८०
  • नवलपरासी पश्चिम ।  सरावल गाउँपालिका-७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार