Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

स्रोत नखुलेको १३ लाख ७० हजारसहित नबिन पक्राउ

स्रोत नखुलेको १३ लाख ७० हजारसहित नबिन पक्राउ

आर्थिक पत्र
शुक्रवार, भाद्र २९ २०८०
  • महोत्तरी । स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपलिका ८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका ८ बस्ने ४० वर्षीय नबिन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार