Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

एउटै महिनामा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको मूल्य कति पुग्यो?

एउटै महिनामा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको मूल्य कति पुग्यो?

आर्थिक पत्र
शनिवार, भाद्र ३० २०८०
  • काठमाडौं - भदौ महिनामै इन्धनको मूल्य दोस्रो पटक बढेको छ। सरकारले शुक्रबार रातिबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो। 

    images

    इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगम व्यवस्थापनले शुक्रबार पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

    मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८३ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७३ रूपैयाँ पुगेको छ।

    यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार