Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति भएको अनुमान

जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति भएको अनुमान

आर्थिक पत्र
आइतवार, आश्विन २१ २०८०
  • धनुषा । यहाँस्थित जनकपुर बिग मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

    images

    जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

    आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।

    सञ्चालक रायले भने “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौ । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार