Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने

इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने

आर्थिक पत्र
सोमवार, आश्विन २२ २०८०
  • कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्‌ ।

    images

    मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेत व्यक्त गरेका छन्‌ । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गर्नुभएको छ । 

    इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ ।

    उनीहरू सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ । हमासको आक्रमणमा परी इजरायलमा हालसम्म १० नेपालीले ज्यान गुमाइसकेका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार