Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ, जग्गाको मोठ कायम गर्न ‘एक्स्ट्रा पैसा’

भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ, जग्गाको मोठ कायम गर्न ‘एक्स्ट्रा पैसा’

आर्थिक पत्र
मंगलवार, आश्विन २३ २०८०
  • काठमाडौं । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी झापाको हल्दिबारीमा घुससहित पक्राउ परेका छन् । जुम्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल पक्राउ परेका हुन् ।

    images

    हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । हल्दिबारी वडा –१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको बाहिरिएको हो।

    पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गर्नासाथ उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । ती कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको झापा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार