Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

रामपुर नगरपालिकामा वडाबाटै मालपोतको राजस्व संकलन

रामपुर नगरपालिकामा वडाबाटै मालपोतको राजस्व संकलन

आर्थिक पत्र
शुक्रवार, आश्विन २६ २०८०
  • रामपुर । रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व सङ्कलन गर्ने भएको छ । मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व सङ्कलन गरिने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिएका हुन् । 

    images

    “थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यापालिकाको कार्यालयमा आउनुपरेको छ”, उनी भन्छन्, “अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ ।”

    एक सय रुपैयाँ पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर–२ बस्ने सीता जिसी बताउँछिन् । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि संकलन गर्ने भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार