Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

पेट्रोलियम पदार्थको नयाँ मूल्य: डिजेल र मट्टितेलको घट्यो, पेट्रोलको यथावत्

पेट्रोलियम पदार्थको नयाँ मूल्य: डिजेल र मट्टितेलको घट्यो, पेट्रोलको यथावत्

आर्थिक पत्र
बुधवार, कार्तिक १५ २०८०
  • काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

    images

    निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १.५१ रुपैयाँ बढेर र डिजेलको मूल्य ३.६३ रुपैयाँ घटेर आएको थियो । निगमले पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जनाएको छ ।

    निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १७२ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ भने मूल्य घटेपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

    खाना पकाउन एलपी ग्यासको मूल्य ९३ रुपैयाँ बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ । ग्यासको प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ मूल्य तोकिएको छ । नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य ९३.६० रुपैयाँ बढेर आएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार