Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

स्रोत नखुलेको १६ लाख ५० हजारसहित एक जना पक्राउ

स्रोत नखुलेको १६ लाख ५० हजारसहित एक जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, कार्तिक १७ २०८०
  • नवलपरासी पश्चिम । स्रोत नखुलेको नगद १६ लाख ५० हजारसहित एक जना पक्राउ परेका छन् । रामग्राम नगरपलिका ७ उजैनीबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रुपैयाँसहित पाल्हिनन्दन गाउँपालिका २ हरपुर बस्ने २५ वर्षीय ईमरान खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु ९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खानलाई झोलामा लुकाई ल्याएको उक्त रकम फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार