Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

भेटायोले ल्यायो तिहारको लागि नयाँ अफर, ४५ सयमा झिलिमिली जडान गरिने

भेटायोले ल्यायो तिहारको लागि नयाँ अफर, ४५ सयमा झिलिमिली जडान गरिने

आर्थिक पत्र
आइतवार, कार्तिक १९ २०८०
  • काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । जस अन्तर्गत भेटायोले एउटा घर चार हजार पाँच सय रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने भएको हो । 

    images

    यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत  विशेष छुटकोे   व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ । 

    त्यस्तै, तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजमा एयर कन्डिसनर खरिद गर्दा तीन हजार रुपैयाँसम्मको विशेष छुट पाउन सकिन्छ । थप “दक्षिणा” प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिन्छ । साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक पाउनेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार