Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक झुण्डिएको अवस्थामा भेटिए

बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक झुण्डिएको अवस्थामा भेटिए

आर्थिक पत्र
मंगलवार, कार्तिक २१ २०८०
  • हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी मृत फेला परेका छन्। 

    images

    उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

    शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार