Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

आर्थिक पत्र
बुधवार, कार्तिक २२ २०८०
  • काठमाडौं । स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका २ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका १० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार