Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

पाँच सय दरका २० थान नक्कली नोटसहित एक पक्राउ

पाँच सय दरका २० थान नक्कली नोटसहित एक पक्राउ

आर्थिक पत्र
शुक्रवार, कार्तिक २४ २०८०
  • मकवानपुर । पाँच सय दरका २० थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १५ नयाँवस्तीस्थित सडकबाट ५ सय दरका २० थान नक्कली नोट सहित सोही उपमहानगरपालिका ६ बस्ने ३० वर्षीय देवराज चौलागाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images

    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्र.२-०३-००९ प ३८९८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौलागाईको साथबाट उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार