Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेयर बिक्री गरेर एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

सेयर बिक्री गरेर एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

आर्थिक पत्र
बुधवार, मंसिर १३ २०८०
  • काठमाडौं । मलेसियाको आजियाटा ग्रुप बर्हार्ड नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने भएको छ ।

    नेपालमा  व्यावसायिक चुनौती बढेकोले बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले जानकारी दिए । 

    सञ्चालक समितिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको हो ।

    एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

    एनसेलले आफ्नो व्यवसाय विस्तार हुन नसकेको र आम्दानी घट्दै गएको कारण देखाउँदै आजियता बाहिरिने लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार