Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलले भन्यो- एनसेलको सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुनेछ

एनसेलले भन्यो- एनसेलको सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुनेछ

आर्थिक पत्र
बिहिवार, मंसिर २१ २०८०
  • काठमाडौँ । एनसेलले प्रतिस्पर्धाको माध्यमबाट स्पेक्ट्रलाइट युके लिमिटेडले सेयर खरिद गरेको  जनाएको छ ।

    एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । “एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।” विज्ञप्तिमा उल्लेख छ । 

    नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो । अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुरसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

    एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ ।

    ‘सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर (५३ अर्ब ३८ करोड रुपैयाँ) रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनी (एक्जियटा)ले निश्चित समयवधिभित्र प्राप्त गर्नेछ।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार