Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सीजीको लाइसेन्स राेक्नेहरु एनसेल काण्डमा संलग्न छन् - निर्वाण चौधरी

सीजीको लाइसेन्स राेक्नेहरु एनसेल काण्डमा संलग्न छन् - निर्वाण चौधरी

आर्थिक पत्र
बिहिवार, मंसिर २१ २०८०
  • काठमाडौं । चौधरी ग्रुका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको आरोप लगाएका छन् ।

    एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा आफ्नो धारणा राख्दै उद्योगी चौधरीले अहिले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको टिप्पणी गरे ।

    “एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।” चौधरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा सेवा दिने वाचा गर्दा पनि स्वीकृति नदिइएको उनले बताए ।

    उनले यसअघि भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? ’

    मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो । नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार