Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि...

सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि...

आर्थिक पत्र
बुधवार, आषाढ २२ २०७९
  • अर्घाखाँची। शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ । साबिककाे सिद्धारा गाबिसकाे पाँकुरी, देउराली, ठाडाखाेला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेकाे हाे । गाउँ पुगेकाे बिजुली बत्तीकाे स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले गरे ।   

    images

    विश्व बैंककाे सहयाेगमा सञ्चालन भइरहेकाे बिजुली विस्तारअन्तर्गत शितगंगाकाे बिकट गाउँमा बिजुली पुगेकाे हाे । गाउँमा पहिलाे पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलाे चर०ामा यहाँका एक सय ६० घरमा बिजुली पुगेकाे हाे ।

     कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण  गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि  छनाेट गर्न सके विकास निर्माणाले गति लिने बताए । 

    प्रदेशसभा सदस्य रामजी घिमिरेले  शितगंगा नगरपालपकाकाे बिकट भनेर चिनिने सिद्धाराकाे बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेकाे बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार