Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोडको कारोबार

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज विहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेर रोकिएको छ।

    images

    आज ३५० कम्पनिका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

    आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको शेयर ८.७२ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर ३.६५ प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३५ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको २५ करोड ३८ लाख बराबरको कारोबार भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार