Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खारेजीको चेतावनीपछि एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरिदबिक्रीका सबै कागजपत्र

खारेजीको चेतावनीपछि एनसेलले प्राधिकरणलाई बुझायो शेयर खरिदबिक्रीका सबै कागजपत्र

आर्थिक पत्र
बिहिवार, पौष ५ २०८०
  • काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेचको दस्तावेज आजियटाले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । प्राधिकरणले खारेजीको चेतावनी दिएपछि एनसेल आजियटाले शेयर किनबेच सम्बन्धका कागजात दिएको बताइएको छ ।

    प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार आजियटाले शेयर किनबेचको कागजात बुझाएको र ती कागजात सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिमा समेत पुगिसकेको छ ।

    प्राधिकरणले नै छानविन समितिलाई कागजात बुझाएको प्रवक्ता पौडेलले बताए । गएको मंसिर २१ मा बसेको मन्त्रिपरिषद बैठकले एनसेलको शेयर किनबेचबारे अध्ययन गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको थियो । समितिले ३० दिनभित्र प्रतिवेदन बुझाउने छ ।

    प्राधिकरणले १४ मंसिरमा शेयर किनबेचबारे वास्तविकता बुझ्न एनसेललाई चिठी पठाए पनि उसले तीन सातासम्म वास्ता गरेको थिएन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार