Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड लगानी स्वीकृत

सूर्यतारा सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड लगानी स्वीकृत

आर्थिक पत्र
शुक्रवार, चैत्र १८ २०७८
  • काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योगले कारखाना स्थापना र क्लिंकर उत्पादन पूर्वाधारमा लगानी गर्न पाउने भएको छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको बैठकले सूर्यतारा सिमेन्टलाई १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गर्न स्वीकृत दिएको हो । लगानी स्वीकृत भएसँगै सूर्यतारालाई अब उद्योग निर्माण, सञ्चालन एवम् व्यवस्थापनको बाटो खुलेको छ ।

    मुकुन्द तिम्सिनाको मुख्य लगानी रहेको सूर्यताराले सुर्खेत पञ्चपुरीमा कारखाना सञ्चालन गर्ने भएको छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने छ । डेढ वर्षभित्र उद्योग सञ्चालनमा आउने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार